काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष मनोज पांडेलाई शुभकामना र बधाई दिएका छन् । शर्माले पांडेलाई हार्दिक बधाई ज्ञापनका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डाबाट भिडियो कन्फरेन्समार्फत शर्माले पांडेलाई बधाई दिएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापति शर्माले भिडियो कन्फरेन्सका दौरान नेपाली सेना र भारतीय सेनाबीच रहदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग रहेको उल्लेख गर्दै पांडेको कार्यकालमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष पांडेले, प्रधान सेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरे ।