रञ्जु दर्शनाले किशु कुइँकेलसँग विवाह गरिन्

काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले विवाह गरेकी छिन् । उनले किशु कुइँकेलसँग बिहे गरेकी छन्।

दर्शना र कुइँकेलबीचको विवाह बुधबार सम्पन्न भएको हो । गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। उनी झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन्। विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएकी थिइन्। २०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार