रोशी दुर्घटना : ज्यान गुमाउने सबैको सनाखत, १९ घाइतेको उपचार हुँदै

काभ्रेको रोशी गाउँपालिका–११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु हुन् । त्यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका(६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार