जिम्बावे विरुद्ध नेपालले १३७ रनको लक्ष्य पछ्याउँदै

पाहुना टोली जिम्बावे ए ले तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा नेपाललाई जितका लागि १ सय ३७ रनको लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो ।

जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाए । इनोसेन्ट कियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १–१ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार