ओडिआई र टि२० आई दुबैमा नेपालको वरीयता खस्कियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा नेपालको स्थान खस्किएको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । टि२० वरियता खस्किदा नेपाललाई धक्का लागेको छ । नेपाललाई अव वरियता बढाउनु पर्ने दबाब रहनेछ ।

योसँगै सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझैं विश्वकप खेल्नेछन् । वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।

टि२० वरियता खस्किदा नेपाललाई भने केहि धक्का लागेको छ । नेपाल वरियताको आधारमा सिधै विश्वकपमा छनोट नभएमा एसिया क्षेत्रबाट दुई कोटामा पर्नुपर्ने हुन्छ । नेपाल ओडिआईमा एक स्थान खस्किदै १९ औं स्थानमा पुगेको छ । ओडिआई वरियतामा नेपाल भन्दापछि पपुवा न्युगिनी २० औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार