म्यादी प्रहरीको पोशाकमा जथाभावी बोल्दै भिडियो बनाउने युवक पक्राउ

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर जथाभावी बोल्दै भिडियो बनाउने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।

कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले जथाभावी बोल्दै बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले भिडियोमा आफू म्यादी प्रहरी भएको र आफूसँग नेपालको कानुनसम्म डराउने बताएका थिए ।

भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार