काभ्रेमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु

काभ्रेमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोकिएको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ६ ७ वर्षको बालकसहित अन्य मृतकको पहिचान खुलिसकेको छैन । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार