भरतपुरमा जगन्नाथको उम्मेदवारी निष्क्रिय बनाउन देउवाकाे अन्तिम कसरत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जाने भएका हुन । भरतपुरमा विहीबार गठबन्धनले चुनावी सभा गर्दैछ । चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा भोली भरतपुरमा हुने उक्त सभालाई सम्बोधन गर्न आजै साँझ चितवन पुग्न लागेका हुन् ।

सभामा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।सभामा सहभागि हुनुअघि सभापति देउवाले भरपुरका असन्तुष्ट कांग्रेस नेताहरुसँग भेटवार्ता गर्ने सम्भावना छ ।

प्रधानमन्त्री देउवाले भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेर ‘उम्मेदवारी निष्क्रिय बनाई गठबन्धनलाई साथ दिन’ आग्रह गर्ने सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार