बाबुरामको गृहनगरमा टुट्यो गठबन्धन, जसपालाई धक्का

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगरमा पनि गठबन्धन टुटेको छ । चुनावी तालमेल गर्ने निर्णय गरेका कांग्रेस र एमालेबीच कुरा नमिले पछिगोखराको पालुङटार नगरपालिकामा पनि गठबन्धन टुटेको हो ।

दुबै दलको बैठकले वडा तहसम्म तालमेल गर्ने प्रयास गर्दा पनि सफल नभएपछि एक्ला एक्लै निर्वाचन लड्ने तयारी भएको कांग्रेसले जनाएको छ।

कांग्रेस नगरसभापति नन्दप्रसाद न्यौपानेले नेता कार्यकर्ताहरुको राय अनुसार दुबै दल स्वस्थ र मित्रवत् निर्वाचानमा जान तयार रहेको बताए ।

एक परिपत्र जारी गर्दैै उनले कांग्रेसको तर्फबाट उम्मेदवार रहेका मेयर, उपमेयर लगायत सबै वडाका उम्मेदवारहरुलाई निर्वाचित गराउने गरी अभियान सञ्चालन गर्न निर्देशन समेत दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार