निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर

विराटनगर महानागरपालिकमा एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । गठबन्धनबाट विराटनगर महानगरपालिकामा जसपाका उपमेयर उम्मेदवार अमरेन्द्र यादवले एमाले उम्मेदवार कार्कीसँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएका छन् ।
कोसी अञ्चल अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नगरी उम्मेदवार बनेको, उम्मेदवारी दर्ताका क्रममा किर्ते कागज पेस गरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर भएको हो ।

यस्तै प्रष्ट आधारसहित उजुरी दिँदा पनि उम्मेदवारी खारेज नगरेको भन्दै यादवले निर्वाचन आयोगलाई विपक्षी बनाएका हुन् । कार्कीको राजीनामा पत्र किर्ते हो भन्ने जान्दाजान्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर हुने गरी उजुरी खारेज गरेकाले आयोगलाई विपक्षी बनाएको यादवको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार