स्थानीय तहको निर्वाचनपछि अधिवेशन गर्न भातृ संस्थालाई काँग्रेसको निर्देशन

सत्तारूढ दल नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाहरूलाई स्थानीय तह निर्वाचन पछि अधिवेशन गर्न निर्देशन दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै अधिवेशनको तयारीमा रहेका संस्थाहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

“पार्टी आबद्ध भ्रातृसंघ र शुभेच्छुक संंस्थाहरूको अधिवेशनरमहाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशनरमहाधिवेशनको कार्यतालिका यथाशीघ्र तय गर्ने गरी पूर्वनिर्धारित अधिवेशनरमहाधिवेशन हाललाई स्थगित गर्नुहुन सम्बन्धित भ्रातृसंघ र शुभेच्छुक संस्थाहरूलाई निर्देशानुसार जानकारी गराइएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

पार्टीको भातृसंस्था नेपाल दलित संघको चैतमा गर्ने भनिएको महाधिवेशन स्थगन भइसकेको छ । यस्तै, म्याद सकिएका अधिकांश भातृ र शुभेच्छुक संस्थाहरूको अधिवेशन हुनसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार