काठमाडौं । रुपन्देहीकी एक युवतीले बुधबार रहस्यमय तरिकाले आत्महत्या गरेकी छन् । उनी शुक्रबार जापान जाने तयारीमा थिइन् ।
कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेको प्रहरीले बताएको छ ।आचार्यले बुधबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको आत्महत्या गर्नुको कारण नखुलेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार जापान जाने लागेकी उनी आज काठमाडौं जाने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।