उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले फेरि पनि व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । एक साताअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको आणविक हतियारलाई ‘सबैभन्दा छिटो गतिमा’ बढाउने प्रतिबद्धता जनाएका थिए ।

आणविक परीक्षणलाई लिएर उत्तर कोरियामाथि विभिन्न प्रतिबन्धहरू लागिरहेका बेला प्योङयाङको पछिल्लो परीक्षण सार्वजनिक भएको हो । उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरेको दक्षिण कोरिया र अमेरिकाले आरोप लगाउँदै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार