ठमेलमा १० तले घरको छतबाट खसेर एक जनाको मृत्यु

काठमाडौंमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै १० तले घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको हो ।

घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार