युक्रेनमा यात्रुबाहक बस दुर्घटना, १६ जनाको मृत्यु

युक्रेनमा बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए ।

त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार