गृहमन्त्री खाणले गरे गौतमबुद्ध विमानस्थलको निरीक्षण

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिएकोका हुन् ।

विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ। जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको छ । खाणले विमानस्थलको प्राविधिक पक्षबारे पनि जानकारी लिए।

मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चर कसरी गर्ने तयारीबारे जानकारी लिए। निरीक्षणमा विमानस्थल अध्यागमन कार्यालयमा काम गरिरहेका कर्मचारीलाई उनले अन्तर्राष्ट्रिय फ्लाइट आयो भने, काम गर्न सक्ने अवस्था भइसक्यो ? भनेर प्रश्न गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार