त्रिभुवन विमानस्थलमा बम रहेको हल्ला कस्ले चलायो ?

विदेशबाट आएको थियो भ्रामक फोन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । बुधबार बिहान अज्ञात व्यक्तिले पाकिस्तानी नम्बरबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

त्रिभुवन विमानस्थलका एक अधिकारी अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । र, उनले बम राखिएको सूचना दिएका थिए । सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो । कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हो ।

भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ । विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको जानकारी दिए । प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार