कामठाडौं । अज्ञात व्यक्तिले बम राखेको सूचना दिएपछि बन्द गरिएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ ।
त्रिभुवन विमानस्थलका एक अधिकारी अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । र, उनले बम राखिएको सूचना दिएका थिए । सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।
कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हो ।