आज नेपाली बजारमा सुनको कारोबार कतिमा हुँदै छ ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार