स्थानीय तहको निर्वाचन : कञ्चनपुरमा श्रीमान् एमाले र श्रीमती कांग्रेसको उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा एक दम्पती नै चुनावी मैदानमा उत्रिएका छन् । दोधारा–चाँदनी नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् । श्रीमान्–श्रीमती नै फरक–फरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

दोधारा–चाँदनी नगरपालिका– ७ मा श्रीमती कांग्रेस र श्रीमान् एमालेबाट वडासदस्य पदको दौडमा छन् । कांग्रेसबाट श्रीमती कमला उपाध्याय र एमालेबाट श्रीमान् सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् । सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट भिडिरहेका छन् ।

फरक पार्टी भए पनि एक–आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका छन् । उपाध्याय जोडी बिहानै घरबाट निस्किएर राति मात्रै घरमा आइपुग्छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार