आईजीपी नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

प्रहरी महानिरीक्षक नियुक्त विवादको मुद्दा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ । सरकारले आइतबार धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्त गर्ने निर्णयप्रति असन्तुष्ट जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । सो रिटको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो।

गत सोमबार पोखरेलले आईजीपीमा धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको उल्लेख गरेका छन्।

पोखरेल सिंहभन्दा १६ महिना पहिले एआईजी भएका थिए। आइतबारको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजीलाई पाखा लगाउँदै कनिष्ठ एआईजी सिहंलाई आईजीपी नियुक्त गरेको थियो। असन्तुष्ट अर्का एआईजी सहकुलबहादुर थापा भने काममा फर्किएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार