काठमाडौं । नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा आमसभा गर्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको हो ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विराटनगर जाँदै छन् । देउवासहित रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताहरूले सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
आज पहिलो दिन विराटनगर, वैशाख २२ गते दोस्रो दिन भरतपुर, वैशाख २३ गते तेस्रो दिन काठमाडौं, वैशाख २४ गते चौथो दिन रुपन्देही र सोही दिन दिउँसो तनहुँ, वैशाख २४ गते नै जनकपुर, वैशाख २५ गते पाँचौँ दिन पोखरा र दाङ, वैशाख २६ गते छैटौँ दिन धनगढी र वैशाख २७ गते डडेलधुरामा आमसभा गर्ने तालिका छ ।