महेन्द्रनगरको एक होटलमा मृत भेटिए भीमदत्तका मुकुल पाण्डेय

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ ।घटनाको जानकारी पाएपछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार