पूर्वी नवलपरासीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उमेदवार चढेको गाडीमाथि आक्रमण भएको छ । आक्रमणमा अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे र उपाध्यक्षका उमेदवार पूर्णसिंह राना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक सन्तोष पाठकले बताए। आक्रमण एमालेका कार्यकर्ताले गरेको बताइएको छ ।

घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ। उनीहरुको टाउकोमा चोट लागेको छ। वडा नं. ३ बाट चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा एमालेका कार्यकर्तासँग जम्काभेट भएको थियो। त्यस क्रममा भनाभन हुँदा दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

झडप भएपछि नजिकै रहेको घरमा लगेर राखेको गाडीमाथि एमालेका कार्यकर्ताले तोडफोड गरेको नायब उपरीक्षक पाठकले बताए। झपडमा एमालेका ३ कार्यकर्ता पनि घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार