एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका मनिष भनिने मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।

जिप्रका ओखलढुङ्गाका अनुसार विष्टविरूद्ध ठगी र किर्ते मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएकोले खोजी कार्य सुरू गरिएको हो । उनीविरुद्ध बैंकिङ कसुर र दोहोरो नागरिकता लिएकोबारे जाहेरी पनि परेको थियो ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

विष्टविरूद्ध नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अशोक कार्कीले उजुरी दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार