नेपालले आज जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्दै

काठामाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ‘जिम्बाबे ए’ सँग तेस्रो टि २० क्रिकेटमा प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शुरु हुनेछ ।

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल बुधबार जित निकाल्दै तीन खेलको टि २० श्रृंखला जोगाउन प्रयासरत हुनेछ । सिरिजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय श्रंखलाको तयारीस्वरुप नेपालले अहिले घरेलु मैदानमा जिम्बाबे एसँग अभ्यास गरिरहेको हो । आउँदो जेठ २३ देखि असार २ गतेसम्म अमेरिकामा हुने त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र ओमान रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार