म्यानचेस्टर सिटी पहिलोपल्ट च्याम्पियन्स लिग फाइनलमा

इंग्लीस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० ले हराउँदै म्यान सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको हो । यो जितपछि दुई लेगको सेमिफाइनलमा सिटी समग्रमा ४–१ ले अगाडि रह्यो । खेलमा सिटी हाबी भएपछि फ्रान्सेली प्रतिद्वन्द्वी पीएसजी सेमिफाइनलमै रोकियो ।

गएराति भएको खेलमा सिटीलाई विजयी गराउन दुबै गोल अल्जेरियन खेलाडी रियाद माहारेजले गरे । खेलको ६९ औं मिनेटमा एन्जेल डि मारियालाई रातो कार्ड देखाइएपछि पीएसजी १० खेलाडीमा सीमित रह्यो ।

अब पेप ग्वार्डिओलाको सिटीले मे २९ मा इस्टानबुलमा हुने फाइनलमा इंग्ल्याण्डकै चेल्सी वा स्पेनको रियाल मड्रिडमध्ये एक टोलीसँग खेल्नेछ । सेमिफाइनल दोस्रो लेगको खेलमा आज राती चेल्सी र रियाल मड्रिड भिड्नेछन् । रियाल मड्रिडको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार