चुनावी देश दौडाहामा प्रधानमन्त्री देउवा, आज विराटनगर जाँदै

यस्तो छ देउवा सहभागी हुने कांग्रेसको साताव्यापी कार्यक्रम

 

स्थानीय तहको चुनावी प्रचारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्किने भएका छन् ।

यसैक्रममा आज प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न मोरङको विराटनगर  जाँदैछन् । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । सभालाई देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेकाे हाे । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता  प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

कहाँ-कहाँ हुँदैछ सभा ? 

वैशाख २२ गते -चितवनको भरतपुरमा

वैशाख २३ गते- काठमाडौंमा

वैशाख २४ गते- रुपन्देहीको बुटवलमा

वैशाख २४ गते- तनहुँको दमौली र धनुषाको जनकपुरमा

वैशाख २५ गते- कास्कीको पोखरा र दाङको तुलसीपुरमा

वैशाख २६ गते- कैलालको धनगढीमा

वैशाख २७ गते- डडेल्धुरामा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार