रुसले युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा फेरि आक्रमण गरेको छ ।अस्ति आइतवार केही गैरसैनिकको उद्धार गरिएकोमा आज फेरि हवाई आक्रमण गरेको युक्रेनको राष्ट्रिय गार्डका कमान्डर डेनिस श्लेगालाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्टिल उद्योगमा अझै सयौँ गैरसैनिक उद्धारको पर्खाइमा रहेका र उनीहरुको जीवन अत्यन्तै कष्टकर रहेको पनि उनले जनाए ।
स्टिल उद्योगभित्र फसेकाहरुमा बालबालिका धेरै रहेका छन् । रुसले युक्रेनको मरिउपोलमा एउटा स्टिल उद्योगबाहेक सबै क्षेत्र कब्जा गरेको छ । स्टिल उद्योगलाई युक्रेनी सेनाले सेल्टर बनाएको छ।
यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज युक्रेनको संसदमा सम्बोधन गर्दै छन् । उनले युक्रेनका लागि थप तीन सय मिलियन पाउण्डको सैन्य सहायता घोषणा गर्न लागेको बीबीसीले जनाएको छ । जोनसनको सम्बोधन युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि युक्रेनी संसदमा विदेशी नेताको पहिलो सम्बोधन हुनेछ ।