पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।बुवासँग गत १६ गते विवाह हेर्न गएकी बालिकालाई चाउचाउ किनिदिने भन्दै फकाएर पसलमा लगी त्यहाँबाट पाँच सय मिटर टाढा रहेको खाली गोठमा लगी बलात्कार गरेका थिए ।

आरोपित युवकले मदिरा सेवन गरी बालिकालाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बझाङले छबिसपाथीभेरा गाउँपालिकाका ती युवकलाई सार्वजनिक गरेको हो ।युवकले वैशाख १६ गते आफ्ना बुवासँग बिहे हेर्नका लागि मामाघर गएकी ती बालिकालाई आफूले बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार