मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको टोलीले मान्छे आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट एउटा भाले बाघ नियन्त्रणमा लिएको हो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा आइतबार बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो । त्यसपछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जको प्राविधिक टोली खटेको थियो ।

बाघ राख्न कसरा र सौराहामा खोर रहेको छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् । त्यसैले हाललाई सौराहामा नै राखेर निगरानी गरी रहेको निकुञ्जले जनाएको छ । अन्दाजी १० वर्षको भाले बाघको आनीबानी हेरेर कहाँ राख्ने भन्ने बारेमा निर्णय हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार