वर्षेनी १० खर्व रुपैयाँ नफर्किने गरी मुलुकबाट बाहिरिन्छ : पूर्व अर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री तथा गभर्नर डा. युवराज खतिवडाले ७ प्रतिशत माथिको आर्थिक वृद्धिले सधै बाह्य क्षेत्र दबाब हुने बताएका छन्। अहिले सात प्रतिशत वृद्धि नपुग्दै पनि बाह्य क्षेत्रमा दबाब देखिन थालेको बताएका हुन् ।

‘यसअघिसम्म मुलुकमा सात प्रतिशत माथि आर्थिक वृद्धि हुने भयो भने बाह्य क्षेत्र दबाबमा पर्ने र विदेशी मुद्रा सञ्चितीमा ह्रास आउने गर्थ्यो,’ कार्यक्रममा बोल्दै डा। खतिवडाले भने, ‘हाम्रोमा निर्यातमुलक भन्दा पनि यही खपत हुने क्षेत्रको योगदान अर्थतन्त्रमा धेरै छ। त्यसैले यो क्षेत्र बढ्दा सजिलै आर्थिक वृद्धि त हुन्छ तर बाह्य क्षेत्र दबाब पनि बढ्दै जान्छ।’

जग्गाको मूल्यमा भइरहेको अनावश्यक उच्च वृद्धिले गर्दा मानिसहरूमा उपभोग बढेको र आयातमा वृद्धि भइरहेको खतिवडाले बताए।

‘अहिले २० खर्बको जग्गाको कारोबार भइरहेको तथ्यांक आएका छन्,’ उनले प्रस्टाए, ‘कम थैली देखाउँने प्रवृत्तिले वास्तविक कारोबारको करिब करिब ५र७ खर्ब करको दायरामा आउँदैन। त्यस्तै व्यापारको क्रममा भन्सारमा गरिने न्यून विजकीकरणले करिब १ खर्ब दायरामा नआइरहेको पाइन्छ। ठेक्का लगायतमा पनि केही रकम दायरामा आउँदैन।’

यसरी समग्रमा १० खर्ब रूपैयाँ बराबरको यस्तो रकम बैंकिङ प्रणालीमा नआउने र अनौपचारिक बाटोबाट विदेशतर्फ पुँजी पलायन हुने गरेको उनको भनाई छ। यस्तो व्यवसायमा लागेकाहरूले सजिलै कमाई ९इजी मनि पाइरहेका० गरिरहेकाले पनि उपभोगमा खर्च बढिरहेको उनको निष्कर्ष छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार