काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनावी गीत सार्वजनिक भएको छ । उक्त गीतमा राष्ट्रिय सभा सदस्य बामदेव गौतमको शब्द रहेको छ ।बामदेवले लेखेको उक्त गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन्। गीत भने नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको हो।
माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको जनता जगाउने कलममा छाप लगाउने चुनावी गीत गौतमले लेखेका हुन्। गौतम नेकपा एमाले छाडे पनि कतै पनि सक्रिय रूपमा राजनीतिमा देखिएका छैनन्।
उक्त गीत आज युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव पनि देखिन्छन्।