एमालेबाट लिखु गाउँपालिकाका उम्मेदवार बिष्टलाई पक्राउ गर्ने तयारी

ओखलढुङ्गाकाे  लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेकाे आराेपमा पक्राउ पुर्जी जारी भएकाे छ । काठमाडाैं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट हाेमबहादुर बिष्टकाे नाममा दाेहाेराे लिएकाे भन्दै काठमाडाैं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेकाे हाे ।

ओखलढुङ्गाका डीएसपी सुकदेव खनालले अध्यक्ष उम्मेदवार विष्टविरूद्ध काठमाडाैं प्रहरी परिसर र भक्तपुर जिल्ला अदालतबाट पक्राउका लागि पत्र आएकाे जानकारी दिए ।

भक्तपुर जिल्ला अदालतले सरकारी कागजपत्र किर्ते गरेकाेमा बिष्टलाई जेल सजाय सुनाएकाे छ ।

यस्ता बिवादित ब्यक्तिलाई एमालेले अध्यक्ष उम्मेदवार बनाएको विरुद्व उजुरी परे पनि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार