लुम्बिनी प्रदेशसभाको १० औं अधिवेशन सुरु

लुम्बिनी प्रदेशसभाको १० औं अधिवेशन सुरु भएको छ । प्रतिपक्षी दल एमालेको विवादबीच मंगलबार दिउँसो १ बजे प्रदेशसभा बैठक सुरु भएको हो । बैठकमा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सुरु भएको जानकारी गराउनासाथ एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सूर्य चिह्नबाट चुनाव जितेका अजय शाही र विमला कुमारी खत्रीलाई कारबाही नगर्दासम्म प्रदेशसभा चल्न नदिने बताए । यसलगत्तै एमालेका प्रदेशसभा सदस्यहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए । नाराबाजीले सभा बिथोलिएपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।

दोस्रो बैठक सवा २ बजे सुरु भएको थियो । बैठकमा सभामुखले प्रदेशसभा सदय दिपेश थारुले बुझाएको राजीनामा पढेर सुनाएका थिए । थारुले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट बर्दियाको राजापुर नगरपालिकामा प्रमुखको पदमा उम्मेदवारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार