काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताए ।
अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखापरीक्षण गर्नु पर्ने बेला भएको बताए । उनले विगतमा लेखापरीक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखापरीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो ।
लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने उल्लेख गरे । उनले लेखा परिक्षण गर्ने परिक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराए ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।