थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।सोमबार ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार