चुनाव प्रचार-प्रसारका क्रममा दुई पक्षबीच झडप, ६ जना घाइते

रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्।सोमबार राति त्रिवेणी गाउँपालिका–१ स्थित दुई पक्षबीच झडपहो । घाइतेहरू तीन जना माओवादी केन्द्रका उम्मेदवार समर्थक छन् भने तीन जना स्वतन्त्र उम्मेदवारका समर्थक हुन्। तर घटना कुनै राजनीतिक विषयमा नभएको प्रहरीले बताएको छ ।

प्रहरीलाई घटनाबारे राति ११ बजे खबर गरिएको थियो। घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको भने कोहलपुरमा उपचार भइरहेको छ।

एक पक्षका घाइतेहरू दलबहादुर पुन, हेमबहादुर पुन र चेतन दाहल छन्। अर्को पक्षका धमेन्द्र सुनार, जीवन पुन र टीकाजंग मल्ल छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार