५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने

आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले ५३ वटा पालिकाको मतपत्र दोहोर्‍याएर छाप्नुपर्ने भएको छ। अपेक्षा गरेभन्दा धेरै स्वतन्त्र उम्मेदवार भएपछि मतपत्र दोहोर्‍याएर छाप्न लागिएको हो।
‘स्वतन्त्र उम्मेदवार हामीले अपेक्ष गरेभन्दा बढी भए’, आयोग स्रोतले भन्यो, ‘त्यसैले पहिला छापिएको मतपत्र काम नलाग्ने भए, नयाँ मतपत्र डिजाइन गरेर छाप्दैछौं।’

स्रोतका अनुसार दोहोर्‍याएर छाप्नुपर्नेमा धेरैजसो मधेश प्रदेशका गाउँपालिका र नगरपालिका रहेका छन्। आयोगले ६ वटा महानगरबाहेक सबै स्थानको मतपत्र छापिसकेको थियो। तर उम्मेदवारको अन्तिम नामावली आउँदा स्वतन्त्र उम्मेदवार बढी भएपछि चिन्ह नै नपुग्ने भएकाले मतपत्र फेरि छाप्नु पर्ने भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार