इन्टरनेट सेवा बन्द नहुने

इन्टरनेट सेवा बन्द नहुने भएको छ। सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण देशव्यापी बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो।

गत शनिबार इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए।

हिजो आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको भेटमा मन्त्री सकारात्मक देखिएपछि समस्या समाधान हुने भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार