माध्यामिक तहको शिक्षक सेवा आयोगको नतिजा प्रकाशित

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिको लागि सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशन गरेको छ। सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गरेको हो। आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।

सफल भएका उम्मेदवारहरूको विषयगत परीक्षा आगामी असार ९ गते विहान ८ बजेदेखि प्रदेश नं. १ को मोरड, मधेश प्रदेशको धनुषा, वागमती प्रदेशको मकवानपुर गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने सूचनामा उल्लेख छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार