दाङमा निर्वाचनमा प्रयोग हुने गाडीहरुमा कडाइ गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुले आफू प्रचारमा हिँड्ने गाडीहरुको अनुमति नै नलिएर चलाइरहेको सूचना आएको भन्दै निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन उम्मेदवार तथा पार्टीहरुलाई सचेत गराएको छ ।
मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले अपिल गर्दै अहिलेसम्म कुनै पनि उम्मेदवारले गाडी सञ्चालनको अनुमति नलिएको र प्रशस्त गाडी चलाइरहेको भन्दै २४ घण्टाभित्र अनुमति लिन आग्रह गरेका छन् ।
जिल्ला आचारसंहिता अनुगमन समितिको यही वैशाख १८ गतेको निर्णयअनुसार चुनाव प्रचारमा हिँड्ने गाडीको अनिवार्य अनुमति लिन समेत उम्मेदवारहरुलाई जानकारी गराएको छ।
उपमहानगरपालिकाको हकमा प्रमुख उपप्रमुखका उम्मेदवारले बढीमा दुई वटा, वडा अध्यक्षका उम्मेदवारले एउटा गाडी चुनाव प्रचारमा प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।