रश्मिला प्रजापति प्रकरणमा म पूर्णरुपमा निर्दोष छु : केशव स्थापित

यो चुनावी स्टण्ट मात्र हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मेयरका अर्का उम्मेदवार बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् । शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।

मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित कार्यक्रममा नेकपा एमालेका मेयरका उम्मेदवार स्थापितले भनेका छन्, ‘बालेन भन्ने पात्रबारे केही नबोल भन्छन् । मैले ठग्ने काम नगर है मात्र भनेको हो ।’

यस्तै स्थापितले रश्मिला प्रजापति प्रकरणबारे सार्जजनिकरूपमा स्पष्टिकरण दिएका छन् । उनले यो प्रकरणमा आफू पूर्णरूपमा निर्दोष रहेको बताए ।

स्थापितले आफू सधैँ महिला हिंसाविरोधी भएको उल्लेख गरे । रश्मिलालाई कामबाट हटाइएको घटनामा आफ्नो कुनै हात नरहेको उनको प्रष्टोक्ति छ ।

‘विभागीय प्रमुखदेखि सबै मन्त्रालयका प्रतिनिधि बसेर हटाउने निर्णय गरे । मलाई त थाहा पनि छैन । मेरो कुनै सम्बन्ध नरहेको कुरामा आरोप लगाउन पाइन्छ ?’ उनले भने ।

उनले रश्मिलालाई बोकेर आफूसँग प्रतिस्पर्धा नगर्न कांग्रेस उम्मेदवार सिर्जना सिंहलाई चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार