भरतपुरमा सत्ता गठबन्धनको आमसभा : प्रधानमन्त्रीसहितका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दलले बृहत् आमसभाको आयोजना –गर्ने भएको छ । यही बैशाख २२ गते केन्द्रीय बस टर्मिनलमा गठबन्धनले आमसभा गर्ने भएको हो । आमसभामा पाँचै दलका केन्द्रीय नेताहरूको सहभागितामा आमसभा हुन लागेको हो ।

आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्री गगन थापालगायतले सम्बोधन गर्ने बताइएको छ ।

त्यस्तै जनता समाजवादी र राष्ट्रिय जनमोर्चा (राजमो)को केन्द्रीय तहका नेताले पनि आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार