इनार खन्ने क्रममा बेपत्ता भएका युवको शव तीन पछि निकालियो

काठमाडौं । इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका युवकको शव तीन दिनपछि निकालिएको छ ।तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटीमा शनिबार बिहान इनार खन्ने क्रममा भत्किँदा तुलसीपुर १७ जमेराका २४ वर्षीय हरि चौधरी पुरिएका थिए ।

एक्स्काभेटरको सहायताले मंगलबार बिहान मात्रै उनको शव निकालिएको प्रहरीले जनाएको छ । उनी ४० फिट गहिरो इनारमा पुरिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार