इटहरीबाट एक जना नक्कली चिकित्सक पक्राउ

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शिशिर टोलबाट प्रहरीले नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । भारत घर भएका सुजित रायलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले  बताए ।

आरोपीले बिना अनुमति क्लिनिक सञ्चालन गरेर पायल्स फिसर फिस्टुलाको उपचार गर्ने नाममा ठगी गरेको आरोप छ । दुई महिना अघिबाट क्लिनिक सञ्चालन गर्दै आएका रायमाथि इलाज सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार