काठमाडौं आएका राहुल गान्धीलाई सरकारले किन दिएन सुरक्षा ?

भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौँ आएका छन् । निजी भ्रमण भएको हुनाले गृह मन्त्रालयले उनलाई सुरक्षाकर्मी दिएको छैन । निजी भ्रमण भएको हुनाले सुरक्षाकर्मी उपलब्ध गराउने बारे कुनै आदेश नभएको प्रहरीको भनाई छ ।

राहुल नक्साल स्थित मेरियट होटलमा बसेका छन् । वैशाख २२ मा बौद्ध स्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ । राहुल यसअघि २०१८ मा कैलाश मानसरोवर जानका लागी काठमाडौँ आएका थिए ।

भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स) मा गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार