बैतडीमा माओवादी उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडीमा माओवादी नेता माथि खुकुरी प्रहार भएको छ । डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य उम्मेदवार समेत रहेका माओवादीका स्थानीय नेता हरिराम साउदमाथि खुकुरी प्रहार भएको छ।

६० वर्षका साउदमाथि गए राति खुकुरी प्रहार भएको हो।उनीमाथि स्थानीय एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप छ।

घाइते साउदको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर थप उपचारका लागि धनगढी पठाइएको छ। उनको टाउकोमा गम्भीर चोट छ भने टाँका लगाइएको छ।घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार