सुनको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । भने चाँदीको मूल्य यथावत छ। मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।यो साता लगातार सुनचाँदीमा गिरावट देखिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो साता मंगलबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार