त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित युवक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् ।कुवेतबाट जजिरा एअरमा मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।

भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।

चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार